उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा

Sharing is caring!

कात्तिक २९, २०७६ । उद्योगी रुप ज्योती हाजिर जमानतमा रिहा भएका छन्। उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन्। उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालयले हाजिर जमानतमा छाड्न प्रहरीलाई पत्र लेखेको थियो।

१ करोड २६ लाख ठगी गरेको भन्दै विगेन्द्रकृष्ण मल्लले उजुरी दिएपछि गत बिहीबार रुप ज्योती र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ परेका थिए। ठगी मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई निवेदन दिएपछि रायअनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *