अपडेटः मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

Sharing is caring!

जेठ २०, २०७५ ।  पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड साँझदेखि सञ्चालनमा आएको छ ।

निर्माणाधीन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

तीनवटा स्काभेटरको प्रयोग गरेर पहिरो हटाई साँझ ७ बजेदेखि सडक सञ्चालनमा ल्याइएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *