इटालीमा एक तिहाइ सांसद घटाइने

Sharing is caring!

असोज २७, २०७६ । इटालीको संसद्ले देशको दुवै हाउसका सांसद संख्यामा एक तिहाइ कटौती गर्ने पक्षमा मतदान गरेको छ।यस क्रममा संसद्ले तल्लो सदनको सांसद संख्या ६ सय ३० बाट ४ सयमा र सिनेटरको संख्या ३ सय १५ बाट २ सयमा घटाउने कानुन पारित गरेको छ।

उक्त सुधार इटालीको सत्तारूढ गठबन्धन सरकारको प्रमुख पार्टी फाइव स्टार मुभमेन्टको घोषणापत्रमा व्यक्त प्रतिबद्धताअनुरूप गरिएको हो। यस कदमले संसद्लाई चुस्त बनाउने र तलब तथा खर्चमा करोडौं युरो बचत हुने उनीहरूले बताएका छन्।

यद्यपि आलोचकहरूले यस कदमबाट लोकतन्त्र कमजोर हुने र पैरवी गर्नेहरूको प्रभाव बढ्ने दाबी गरेका छन्। यो नयाँ कानुनले इटालीको संविधान नै परिवर्तन हुने भएकाले यो सम्भावित जनमतसंग्रहको विषय हुनसक्छ।

तल्लो सदनमा मतदानलगत्तै फाइब स्टारले आफ्नो ब्लगमा प्रतिबद्धता पूरा गरेको पोस्ट गरेको थियो। यो कदमले १० वर्षमा १ अर्ब युरोभन्दा बढी बचत हुने पार्टीले उल्लेख गरेको छ। यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *