असोज ११ देखि भृकुटीण्डपमा ‘दशैंको बेला, सस्तो मेला’

Sharing is caring!

भदौ १९, २०७५ । दशैंको अवसर पारेर असोज दोस्रो साता राजधानीको भृकुटीण्डपमा ‘दशैंको बेला, सस्तो मेला’ नाममा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । इभेण्ट सोलुसन प्रालि र नेपाल चेम्बर अफ कमर्शको सहकार्यमा मेला आयोजना हुन लागेको आयोजकले बताएका छन् ।

प्रत्येक वर्ष आयोजना हुँदै आएको एक्स्पो यस पटक असोज ११ गतेदेखि ५ दिनसम्म चल्ने बताईएको छ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका स्टलहरु रहने छन् ।एकसयभन्दा धेरै स्टलहरु रहने यो मेलामा बजारको तुलनामा सस्तोमा सामान खरीद गर्न सकिन्छ,’ प्रधानले भने ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ एक्सपोको आयोजनागर्न लागिएको उनले बताए । ‘दशैंको सपिङ्ग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,’ प्रधानले भने ।यो खबर आजको आर्थिक अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *