असारमै सवा अर्ब खर्च

Sharing is caring!

साउन ५, २०७५ । बर्दियामा गत आर्थिक बर्ष २०७४-०७५ को असार महिनामा मात्र करिब सवा अर्ब रुपैयाँ खर्च भएको छ । जिल्लाका ८ स्थानीय तह र विभिन्न विषयगत कार्यालयहरूको चालू र पुँजीगत गरी कुल १ अर्ब २३ करोड ७६ लाख ४८ हजार ४ सय ७५ रुपैयाँ असार महिनामा मात्र खर्च भएको हो ।
आर्थिक बर्ष २०७४-०७५ मा ६ अर्ब ८ करोड ४१ लाख ८४ हजार ५२८ र पुँजीगत २ अर्ब १३ लाख ९० हजार १५ बजेट अख्तियारी प्राप्त भएको थियो । जसमध्य पुँजीगत ८६ करोड ५ लाख ८८ हजार ९ सय ८२ अर्थात कुल खर्चको ३६ प्रतिशत र चालूतर्फ ३० करोड ७० लाख ५९ हजार ४ सय ९३ अर्थात कुल खर्चको ७ प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाले जनाएको छ ।
असारमा निकासा भएको पुँजीगत तर्फको रकम मध्य ३५ करोड ३५ लाख ५२ हजार ७ सय २९ रुपैयाँ सिँचाइ र खानेपानीमा बैदेशिक सहायता अन्तगर्तको रकम खर्च भएको हो । कार्यालयका अनुसार यो कुल पुँजीगतको १७ प्रतिशत रहेको छ ।
असारमा २० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नपाउने नियम लागू गरिएपनी पुँजीगत खर्च ३६ प्रतिशत हुनुले सरकारले नै बनाएको ऐन तथा कानुनको उल्लंघन भएको छ ।
त्यस्तै पुँजीगत तर्फ २ अर्ब ३७ करोड ९३ लाख ६८ हजार ६१९ रुपैयाँ अर्थात ९३ प्रतिशत खर्च भएको छ भने चालूतर्फ ५ अर्ब ७३ करोड ३८ लाख ५८ हजार ४७३ अर्थात ९४ प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक प्रेमचन्द्र भुषालले बताए । “चालूतर्फ सवैभन्दा बढी गृह मन्त्रालय अन्तगर्त खर्च भएको छ भने पुँजीगत तर्फ सिचाई मन्त्रालय अन्तगर्तका कार्यालयहरूमा खर्च भएको छ,” उनले भने ।
त्यस्तै सो अवधिमा पँुजीगततर्फ १६ करोड ८२ लाख ६३ हजार १८१ र चालूतर्फ ३५ करोड ३ लाख २६ हजार ५५ रुपैयाँ खर्च हुन नसकेको उनले जानकारी दिए ।
कार्यालयका अनुसार स्थानीय निकायतर्फ वित्तिय समानीकरण र सर्शत अनुदानतर्फ कुल ३ अर्ब ३१ करोड १२ लाख ६४ हजार अख्तियारी प्राप्त भएकोमा ३ अर्ब २४ करोड ८२ लाख ८२ हजार ९ सय ५ रुपैयाँ खर्च भएको छ ।
आर्थिक बर्ष २०७४-०७५ मा जिल्लाका विभिन्न कार्यालयहरूले ३९ करोड ६४ लाख ४ हजार ९ सय ५५ रुपैयाँ राजस्व संकलन गरेका छन । यो गत आव २०७३-०७४ को भन्दा १६ प्रतिशतले बढी हो । गत आवमा ३३ करोड २६ लाख ७ हजार ९५५ राजस्व संकलन भएको थियो ।
जिल्लाका कार्यालय मध्य सवैभन्दा बढी कोष तथा लेखा नियन्त्रक कार्यालयले करिव १५ करोड राजस्व संकलन गरको छ । त्यस्तै मालपोत कार्यालयले ७ करोड ८२ लाख ३४ हजार, बर्दिया राष्ट्रिय निकुन्जले २ करोड ७७ लाख ९० हजार, राजापुर भन्सार कार्यालयले २ करोड ६० लाख राजस्व संकलन गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयले १ करोड ४७ लाख ६३ हजार, जिल्ला शिक्षा कार्यालयले १ करोड १५ लाख ६२ हजार र जिल्लाका अन्य कार्यालयहरूले ८ करोड ८६ लाख ४७ हजार राजस्व संकलन गरेको कोलेनिका बर्दियाले जनाएको छ ।
सरकारी कार्यालयले दोस्रो चौमासिक सम्म न्यून कामगर्ने र तेस्रो चौमासिक भित्र हतार–हतार बजेट खर्च गर्ने परिपाटी यसबर्ष पनीकायमै भएकोे छ । आर्थिक बर्षको अन्त्यमा बजेट सक्ने परिपाटीले चार महिनामा बजेटको भार बढीपर्ने हुँदा पुँजीगततर्फ न्यून काम हुनुका साथै हतार–हतार बजेट खर्च गर्ने परिपाटीले भौतिक निर्माणको काम गुणस्तरहीन हुने गरेको सरोकारवालाहरूको भनाइ छ । यो खबर आजको कारोबारमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *