अन्डरवर्ल्ड डन दाउद-गोरे ‘कनेक्सन’

Sharing is caring!

जेठ १०, २०७५ । वल्र्ड गोल्ड काउन्सिलले सन् २०१२/१३ मा तयार परेको तथ्यांकअनुसार भारतमा प्रत्येक वर्ष ८ सयदेखि ९ सय टन सुन खपत हुन्छ । त्यसमध्ये १४० देखि १६० टन सुन तस्करीबाट पूर्ति हुन्छ । सुन जहाजमार्फत दुबईबाट आउँछन् । जसमा अधिकांश हिस्सा अन्डरवल्र्ड डन दाउद इब्राहिमको छ । तस्करको सुनले बजार कब्जा गरेपछि भारत सरकारले ‘फाइनान्स इटेलिजेन्ट युनिट (एफआइयू)मार्फत भन्सारमा कडाई ग-यो । परिणामतः सन् २०१५ मा आएर भारतीय बजारमा तस्करीको सुन कम पुग्न थाल्यो ।

त्यसपछि तस्करले तस्करीका लागि वैकल्पिक मार्ग खोज्न थाले । यही क्रममा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रोजाइमा प-यो । यसका लागि नेपाल हेर्ने उपयुक्त पात्रको खोजी भयो । गोरे उपनामका चूडामणि उप्रेती यही क्रममा उनीहरूको सम्पर्क आए । भरिया बनेर तस्करीमा लागे । ५ जुलाई २०१५ देखि गोरेले दुबईबाट सुन तस्करी गर्ने गरेको छानबिन समितिको प्रतिवेदनले पनि पुष्टि गरेको छ ।

लामो समय अपराध अनुसन्धानमा बिताएका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लसमेत विमानस्थलबाट तस्करी हुने सुनमा अन्डरवल्र्ड डनको हिस्सा हुन सक्ने दाबी गर्छन् । उनी भन्छन्, ‘सुन तस्करीमा अहिले प्रहरी जसरी गोरेको पछि लागेको छ । खासमा गोरे कोही पनि होइन । ऊ त भरिया मात्रै हो । तस्करीको सुनमा अन्डरवल्र्ड डन दाउद इब्राहिमसमेतको लगानी हुन सक्ने विषयलाई नकार्न सकिन्न । किनकि उक्त सुनको डेस्टिनेसन भारत हो ।’

अनुसन्धानमा खटिएका एक अनुसन्धान अधिकृतसमेत यो तथ्यलाई स्वीकार गर्छन् । उनी भन्छन्, ‘भारत सुनको संसारकै ठूलो मार्केट हो । जहाँ प्रतिदिन ७ सय केजी सुन तस्करीबाट पुग्छ । यसको मुख्य हिस्सा दाउदको देखिन्छ । नेपालको बाटो भएर तस्करी हुने सुनको गन्तव्य पनि भारत नै हो । २०१५ देखि यसले तीव्रता पाएको देखिन्छ । त्यसो हुँदा नेपाल ट्रान्जिट बनाएर सुन तस्कर गर्ने दाउदकै समूह भएको केही आधार देखिन्छ । तर, ३३ केजी सुन तस्करमा संलग्नमध्ये केहीको सम्पर्क दाउदसँग भएको सूचना हामीसँग छ । उनीहरू फरार छन् ।’यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *