अनुसन्धान अधिकृत सर्लाहीमा मृत फेला

Sharing is caring!

साउन १०, २०८० । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत मृत भेटिएका छन् । अनुसन्धान अधिकृतका रूपमा सर्लाहीमा कार्यरत २९ वर्षीय बसन्त शाह आज बिहान इश्वरपुर नगरपालिका–९ खोरिया टोलमा मृत फेला परेका सर्लाहीका डिएसपी जितेन पञ्जियार थारूले जानकारी दिए।

गएराति ड्युटी सकेर इश्वरपुर नगरपालिका–६ बयलबासस्थित आफ्नो घर आउँदै गरेका उनलाई आज विहान भेटिएको हो ।

मोटरसाइकल दुर्घटनामा परी उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । उनी सवार बागमती प्रदेश–०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल सोही स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको डिएसपी थारूले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको डिएसपी थारूले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *