प्याकिङ मेटेरियल आयातमा महसुल धरौटीको सहुलियत हटाउन माग

Sharing is caring!

असार ३०, २०७७ । सरकारले स्वदेशी उद्योग संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै आए पनि कतिपय नीतिले आयात प्रवद्र्धन गरेको उद्यमीले बताएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७र७८ का लागि ल्याएको बजेटमार्फत एउटा यस्तै व्यवस्था मिलाएको छ, जसबाट स्वदेशी प्याकेजिङ उद्योग संकटमा पर्ने दाबी उद्योगीहरूको छ ।

प्याकिङ मेटेरियल आयातमा दिएको सहुलियतका कारण स्वदेशी प्याकेजिङ उद्योग मारमा परेको उद्योगीले बताए । आर्थिक ऐन २०७७ ले निकासी वा स्वदेशमै परिवत्र्य विदेशी मुद्रामा विक्री गर्ने उद्योगलाई महसुल धरौटीमा राख्न सक्ने सुविधा दिएको छ ।

यस्ता उद्योगले ल्याउने कच्चा पदार्थ, स्वदेशमा उत्पादन हुने प्याकिङ मेटेरियलसहितका सहायक कच्चा पदार्थ महसुल धरौटीमा ल्याउन पाउने व्यवस्था आर्थिक ऐनमा छ । निकासीको कागजातका आधारमा धरौटी रकम फिर्ता हुन्छ ।

यो प्रावधान स्वदेशी प्याकेजिङ उद्योगको हितविपरीत रहेको साई मेटल उद्योगका सञ्चालक प्रदीप केडियाले बताए । ‘सरकारले स्वदेशका प्याकेजिङ उद्योगलाई अप्ठ्यारो पार्ने गरी नियम ल्यायो । यसले यहाँ खुलेका यस्ता उद्योग धराशयी हुन्छन्,’ वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका केडियाले भने ।

स्वदेशमै प्याकेजिड उद्योग फस्टाइरहेको बेलामा निकासीजन्य उद्योगलाई स्थानीय उद्योगबाटै सहायक कच्चा पदार्थ लिन प्रोत्साहित गर्नुपर्ने उनले बताए । सरकारको नीतिले स्वदेशी उद्योगमा ताला लगाएर आयात बढाउने अवस्था आउने उद्योगीले बताएका छन् ।

स्वदेशी प्याकेजिङ उद्यमका करीब रू। ५ अर्ब लगानी भइसकेको अनुमान उद्योगीहरू गर्छन् । निकासीजन्य उद्योगले धरौटीमा प्याकिङ मेटेरियल ल्याउन पाउने भएपछि यहाँका उद्योग बन्द हुने केडियाको चिन्ता छ । ‘यहाँ उत्पादन नहुने कच्चा पदार्थमा सहुलियत उचित भए पनि प्याकिङ मेटेरियलमा दिइएको सहुलियतले स्वदेशी उद्योगमा ताला लाग्ने निश्चित छ,’ उनले भने । प्याकेजिङ उद्योगलाई महसुल धरौटीको सुविधा दिएमा निकासीजन्य उद्योगलाई स्वदेशमै यस्तो सामग्री सस्तोमा उपलब्ध हुन सक्ने दाबी संघका महासचिव माधव राजपालले बताए । ‘स्वदेशी उद्योगले आयातितको तुलनामा गुणस्तरीय प्याकिङ मेटेरियल उत्पादन गरिरहेकाले आयात प्रतिस्थान गर्ने नीति लिइनु उचित हुन्छ,’ महासचिव माधव राजपालको भनाइ छ ।

तेल, घिउ, खाद्यान्न, औषधि, निर्माण सामग्रीलगायत उद्योगलाई प्याकिङ मेटेरियल आवश्यक पर्छ । स्वदेशमै गुणस्तरीय टीनका बट्टा उत्पादन भए पनि सरकारी नीतिका कारण अधिकांश तेल उद्योगले भारतबाट न्यून गुणस्तरीय बट्टा आयात गरिरहेको दाबी केडियाको छ । वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योग विभागलाई पत्र लेखेर स्वदेशी उत्पादन प्रवर्द्धनका लागि आयातित उत्पादनलाई दिइएको यस्तो सहुलियत हटाउन माग गरेको छ । आयातको सट्टा स्थानीय उद्योगलाई सहुलियत दिँदा अन्य उद्योगलाई पनि सुपथ मूल्यमा गुणस्तरीय प्याकिङ मेटेरियल आपूर्ति गर्न सकिने उद्योगीको दाबी छ । यसबाट स्वदेशी उद्यम र रोजगारीसमेत प्रवद्र्धन हुने महासचिव राजपालले बताए । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *