पेट्रोलमा १ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ वृद्धि

Sharing is caring!

असार २६, २०७७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *