हाइड्रोपावरमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध : मन्त्री बस्नेत

Sharing is caring!

भदौ २६, २०८० । उर्जा तथा जलश्रोत मन्त्री शक्ति बहादुर बस्नेतले हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित कोरीयाली सहयोगमा नेपालमा बन्न लागेको माथिल्लो त्रिशुली एक हाइड्रो पावर प्रोजेक्टको आधारशीला निर्माणको शुभारम्भ कार्यक्रममा उनले, नेपाल दिगो विद्युत उत्पादनमा प्रतिबद्ध रहेको बताए ।
भारतले नेपालमा उत्पादीत विद्युत खरिदका लागि प्रतिवद्धता जनाइसकेको र बंगलादेशले पनि चासो देखाएकोले नेपालको हाइड्रो प्राजेक्टको सम्भावना बलियो रहेको उनले बताए ।

उनले माथिल्लो त्रिशुली एक निर्माणको काम तोकिएको समयमै सकिने विश्वास व्यक्त गर्दै अहिलेसम्मको प्रगतिप्रति खुसी व्यक्त गरे । उनले नेपालमा लगानी गरेकोमा कोरीयाली लगानीकर्तालाई धन्यवाद दिदैँ आवश्यक सहयोगका लागि सरकार सदैव तयार रहेको बताए ।

त्यस्तै थप लगानीका लागि आग्रहगर्दै सरकार लगानीको सुरक्षाका लागि आवश्यक कुराहरु पुरा गर्न तयार रेहेको बताए । आयोजनाबाट वार्षिक रूपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कूल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

काठमाडौँ लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अत्यधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि आयोजना अत्यन्तै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *