सुन तोलाको ६५ हजार आठ सय पुग्यो

Sharing is caring!

साउन १७, २०७६ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य शुक्रबार तोलाको ६५ हजार आठ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार ८ सय तोकेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको छ ।

यसअघि सुनको मूल्य बढीमा ६५ हजार ५ सयसम्म पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *