टेलिकमको ग्राहक दुई करोड पुग्यो

Sharing is caring!

वैशाख २३, २०७५ । नेपाल टेलिकमको ग्राहक आधार करीब दुई करोड तथा डाटा सेवाका प्रयोगकर्ता एक करोडको हाराहारीमा पुगेको कम्पनीले जनाएको छ ।

टेलिकमले प्रकाशित गरेको पछिल्लो (२०७४ फागुन महिनाको) ‘म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ मिस रिपोर्टअनुसार एक करोड ९१ लाखभन्दा बढी ग्राहक संख्या पुगेको हो । कम्पनीका अनुसार फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७२२ पुगेको छ ।

हालै विभिन्न सञ्चारमाध्यमका प्रकाशित टेलिकमसँग सम्बन्धित केही समाचारले सर्वसाधारणमा भ्रम उत्पन्न हुनसक्ने भन्दै कम्पनीले आज विज्ञप्ति जारी गरी ग्राहकबारे स्पष्ट पार्दै कुनै भ्रममा नपर्न सर्वसाधारणमा आग्रह गरेको छ ।

डाटा सेवाका लागि कम्पनीले हाल पाँच एमबिपीएससम्म गतिको अनलिमिटेड एडिएसएल इन्टरनेट सेवा मासिक न्यूनतम रु ५८३ सम्मको मूल्यमा उपलब्ध गराइरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

टेलिकमले मुलुकमै पहिलोपटक गत वर्षदेखि शुरु गरेको फोरजी सेवालाई देशभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्यांकनको अन्तिम चरणमा रहेको जनाएको छ ।

दूरसञ्चार सेवाको बजार प्रतिस्पर्धात्मक भइरहेको वर्तमान अवस्थामा कम्पनीले छिटोभन्दा छिटो फोरजी मोबाइल सेवालाई मुलुकभर विस्तार गर्न प्राथमिकताका साथ कार्य गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *