बुटवलमा पार्किङ गरेर राखिएको बसको छतमा शव भेटियो

Sharing is caring!

साउन १७, २०७६ । बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शव फेला परेको छ । शुक्रबार पार्किङ गरेर राखेको बसको छतमा आंशिक रुपमा सडेको शव फेला  परेको प्रहरीले जानकारी दिएको छ ।

गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६प १३७ नम्बरको बसको छतमा भेटिएको हो । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु‍र्याइएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *