बेटर नेपाल’द्वारा भ्रमण वर्ष–२०२० लक्षित पदयात्रा कार्यक्रम घोषणा

Sharing is caring!

पुस ९, २०७६ । नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर ‘हेरिटेज वाक’ हु्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो ।

‘नेपालको सम्पदा हाम्रो गौरब’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त पदयात्रामा बेटर नेपालको संयोजकत्वमा अन्य ३० वटा भन्दा बढी सामाजिक संघसंस्थाहरु आबद्ध कार्यक्रमकी अध्यक्ष माला खरेलले बताईन् ।

उनले यस कार्यक्रममा नेपालका तीनै तहका सरकारका निकाय, सुरक्षा निकाय, युवा विद्यार्थी, विशिष्ट कलाकारहरु, सरसफाई अभियन्ता, सामाजिक अभियन्ता, पत्रकार र नागरिकहरुको सभागिता रहने बताईएको छ ।

कार्यक्रमा अन्तर्राष्टिय धावक बैकुण्ठ मानन्धरले उक्त पदयात्रा सरसफाइको लागि मात्र नभएर स्वास्थ्यको लागि पनि महत्वपूर्ण हुने बताए । उनले भने,‘हामीले तेस्रो, चौथो मुलुकका डलरवालाभन्दा धर्म, संस्कार, संस्कृति, भेषभुषा मिल्ने नजिकका छिमेकीलाई भ्रमण वर्षमा बढी आकर्षित गर्नुपर्छ । किनभने भारत र चीनमा हिन्दू र बौद्धिष्टहरु बढि छन् । उनीहरुलाई नेपालमा ल्याउन सकियो भने भ्रमण फलदायी हुनेछ ।’

प्रदेश नम्बर ३ का सांसद् गणेश दुलालले पनि भ्रमण वर्षमा छिमेकी मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक किशोर सिंह शाहीले पदयात्राले पर्यटन प्रवद्र्धनमात्रै नगरेर स्वास्थ्यलाई फाईदा हुने डाक्टरले पनि प्रमाणित गरेको बताए ।

कार्यक्रममा चक्रपपथ सफाइ अभियन्ता ताराबहादुर कुँवर, विष्णुमति सरसफाइ अभियन्ता शोभाकान्त पराजुलीले पनि नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरसफाईलगायत विभिन्न नेपालको संस्कार, संस्कृति, कलाकृति झल्किने काममा जोड दिनुपर्ने बताए । कार्यक्रम सञ्चालन किशोर सिंह शाही गरेका थिए ।

पदयात्रा कार्यक्रम यही पुस १२ शनिबार पशुपति मन्दिर परिसरबाट विहान ८.१५ बजेदेखि सुरु भएर वसन्तपुर दरबार पुगेर समापन हुनेछ । पुस १९ गते शनिबार माइतीघर मण्डलादेखि स्वयम्भु स्तुपासम्म विहान ८.१५ देखि नै हुने पनि आयोजकले जनाएको छ ।

पुष २६ गते शनिबार पाटनढोकादेखि पाटन कृष्ण मन्दिरसम्म विहान ८ः१५ मै सम्पन्न हुनेछ । त्यसैगरी माघ ४ गते शनिबार नयाँ ठिमी शंखधरचोकबाट भक्तपुर दरबार परिसरसम्म बिहान ८ः१५ बजे नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *