प्रधानन्यायाधीश सिफारिशको लागि स‌ंवैधानिक परिषदको बैठक बस्दै

Sharing is caring!

भदौ ७, २०७५ । प्रधानन्यायाधीश सिफारिशको लागि आज दिउँसो ४ बजे स‌ंवैधानिक परिषदको बैठक बस्दै छ ।

यसअघि कामु प्रधानन्यायाधीश रहेका दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस गरिएको थियो तर उनको नाम संसदीय सुनुवाइ समितिले अस्वीकार गरेपछि परिषदले आज नयाँ नाम सिफारिस गर्नेछ ।

प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर राणामध्ये एकको नाम सिफारिस हुने आँकलन गरिएको छ ।

गत साता नै बस्ने भनिएको परिषद बैठक प्रमुख विपक्षी दलको नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बस्न सकेको थिएन । उपचारका लागि सिंगापुर गएका देउवा फर्किएपछि परिषदको बैठक बस्न लागिएको हो ।

त्यस्तै परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पनि सिफारिस गर्ने तयारी गरेको छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ । हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् ।

प्रमुख आयुक्तका लागि घिमिरेसहित पूर्वमुख्यसचिव लिलामणि पौडेल, राजेन्द्र किशोर क्षेत्री, युवराज संग्रौला लगायतका आकांक्षी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *