तीन वर्ष नवीकरण नभएका संस्था खारेज हुने

Sharing is caring!

असोज १८, २०७५ । सरकारले तीन वर्षभन्दा बढी समयदेखि नविकरण नभएका गैरसरकारी संस्थाहरूलाई खारेज गर्ने भएको छ । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी अन्तिम ३५ दिने म्याद जारी गर्दै आफ्नो संस्था नविकरण गराउन सार्वजनिक आह्वान गरेको छ ।

गत जेठमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला प्रशासन कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई समाज कल्याण परिषद्‍मा आवद्ध गैरसरकारी संस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायतलाई नविकरणको म्याद जारी गर्ने निर्णय गरेको थियो ।

‘पुन एक पटक ३५ दिने म्याद दिई नवीकरणका लागि सूचना प्रकाशित गर्न सबै जिल्लामा प्रशासन कार्यालयहरुलाई निर्देशन दिने २०७५ भदौ ३१ को मन्त्रीस्तरीय निर्णय भएकाले उपर्युक्त अनुसारको निर्णय कार्यान्वयन हुन अनुरोध छ’ गृह मन्त्रालयको विज्ञप्तिमा छ, ‘जिल्लामा दर्ता भएका, नवीकरण गर्न छुट भएका सबै संस्थालाई २०७५ असोज १६ देखि लागू हुनेगरी ३५ दिनभित्र नियमानुसार नवीकरण गर्न यो सूचना प्रकाशित गरिएको छ ।’यो खबर आजको कान्तिपुरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *