“तिमी नै तिमी” बोलको गीत सार्वजनिक

Sharing is caring!

माघ २, २०७७ । “तिमी नै तिमी” बोलको गीत सार्वजनिक भएको छ । रिकेश गुरुङ्गको शब्द, स्वर र संगीत रहेको उक्त गीत गत साता सार्वजनिक गरिएको हो।

“तिमी नै तिमी”आर्ट्माण्डुका विगतमा सार्वजनिक भएका गीतर भिडियो भन्दा केही पृथक छ । पहिलेका गीतर भिडियोहरुमा आर्ट्माण्डुले प्रयोग गर्नेगरेका ग्रामिण परिवेष, र गीत मार्फत कथा भन्ने प्रयोग यो गीतमा गरेको देखिदैन । बरु यस गीतमा शहरी परिवेशको प्रेम-भाव झल्काइएको छ, जसमा अञ्जना बरैली र दिपक घिमिरेको अभिनय देख्न सकिन्छ ।

गीतको बारेमा आफ्नो धारणा राख्दै गायकर संगीतकार रिकेश गुरुङ्गले भने, “बजारमा चल्दै आएका अन्य प्रेम-भाव बोकेका गीत भन्दा ‘तिमी नै तिमीु’ किन फरक छ भने यसमा मैले शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेको छु । मलाई आशा छ यो कोशेली दर्शकर श्रोताहरुले पक्कै मनपराउनुहुनेछ ।”

त्यस्तै अञ्जना बरैली भन्छिन, “मेरो विचारमा ‘तिमी नै तिमीु’मा गीत त भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन् । भिडियो हेर्दा जति आनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ ।”

बरैली ज्वेलरी शपले निर्माण गरेको गीतको भिडियो रुपेश थापाको छायांकनमा नितिन चन्दले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *