डा. गोविन्द केसी काठमाडौं आउँन मानेनन्
साउन ३, २०७५ । जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसी काठमाडौं आउँन मानेनन् ।
सरकारले बिहान पत्रकार सम्मेलन गरि केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर पठाएको थियो ।
डा केसीले आफ्ना सर्मथक एवं पत्रकारहरुसंग भने, सरकारले मलाई अपहरण शैलीमा काठमाडौं लैजाने प्रयत्न भइरहेको जानकारी गराउनुभयो । माग पुरा नहुन्जेलसम्म आफ्नो सत्याग्रह जारी रहने उहाँले स्पष्ट पार्नुभयो ।