तीन वटा भ्रातृ संस्थामा देउवाले गरे अध्यक्ष नियुक्ति

Sharing is caring!

मंसिर १२, २०८० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।
समयमा अधिवेशन नहुँदा स्वतः विघटन भएका ३ वटा भ्रातृ संस्थामा देउवाले मंगलबार अध्यक्ष नियुक्त गरेका हुन् ।

देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाल , राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ र कपिलवस्तुका मेघराज टण्डनलाई नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा नियुक्त गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उल्लेखित तीन वटै भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वतः विघटन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *