नारायणगढ-मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किदा २८ घाइते

Sharing is caring!

भदौ ९, २०७५ । नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठोक्किदा २८ जना घाइते भएका छन् ।

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।

बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *