नेकपाको आकस्मिक बैठक: अपराधीलाई कडा कारवाही गर्ने

Sharing is caring!

भदौ ९, २०७५ ।  नेपाल कम्युनिष्ट पार्टीको आजको बैठकले कञ्चनपुर घटनाका शंकास्पद सबैलाई अनुसन्धानको दायरामा ल्याउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपाको आकस्मिक सचिवालय बैठक बिहान बालुवाटारमा कञ्चनपुरको घटनाबारे छलफल गर्न बसेको हो ।

बैठकले देशभरि बढीरहेका हत्या बलात्कार जस्ता जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गरेको बताइएको छ ।

सो बैठ्कमा कसैले पनि अपराधीलाई उक्साउने वा संरक्षण गर्ने काम नगर्न अपील गर्ने निर्णय भएको सहभागी नेताहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *