कञ्चनपुरका सिडीओ र प्रहरी प्रमुख परिवर्तन गरिए
भदौ ७, २०७५ । गृह मन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ ।
मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषय लिएर आन्दोलन चर्किएपछि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाउँदै उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।
मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई रिवर्तन गरेको छ ।
बलात्कार प्रकरणमा मानसिक सन्तुलन गुमाएका अभियुक्तलाई सार्वजनिक गरे लगतै स्थानीयवासीले आन्दोलन चर्काएका छन् । आन्दोलनले उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु समेत जारी गरेको छ ।