कञ्चनपुरका सिडीओ र प्रहरी प्रमुख परिवर्तन गरिए

Sharing is caring!

भदौ ७, २०७५ । गृह मन्त्रालयले कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख परिवर्तन गरेको छ ।

मन्त्रालयमा बिहीबार बसेको बैठकले १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विषय लिएर आन्दोलन चर्किएपछि प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई फिर्ता बोलाउँदै उनको ठाउँमा तारानाथ अधिकारीलाई पठाइएको स्रोतले जनायो ।

मन्त्रालयले कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई रिवर्तन गरेको छ ।

बलात्कार प्रकरणमा मानसिक सन्तुलन गुमाएका अभियुक्तलाई सार्वजनिक गरे लगतै स्थानीयवासीले  आन्दोलन चर्काएका छन् । आन्दोलनले उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु समेत जारी गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *