एसईई परीक्षा आइतबारदेखि सुरु हुँदै

Sharing is caring!

चैत ९, २०७५ । यस वर्षको माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षा आइतबार (भोलि)देखि सुरु हुँदै छन् । मुलुकभरबाट ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

तीमध्ये २ लाख ३६ हजार चार सय ४५ छात्र र २ लाख ३८ हजार पाँच सय ५८ छात्रा सहभागी हुँदैछन् । परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार एक सय ८६ जना र एक्जाम्टेडतर्फ २४ हजार ८ सय १७ जना सहभागी हुने भएका छन् ।

यस वर्ष परीक्षाका लागि देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ । परीक्षाका निम्ति केन्द्राध्यक्षलगायत ७२ हजार ६ सय ३१ जनशक्ति प्रत्यक्ष खटिने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *