त्रिविको सुदुरपश्चिममा परीक्षासम्बन्धि गोष्ठी धनगढीमा सम्पन्न

Sharing is caring!

चैत ९, २०७५ । त्रिभुवन विश्वविद्यालय क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाको आयोजनामा विश्वविद्यालयको समग्र परिक्षाको व्यवस्थापन र गुणस्तरीयताको लागी सुदुरपश्चिमाञ्चल क्षेत्र स्तरीय कार्याशाला गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीको उदघाटन गर्नुहुदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले परिक्षा विश्वविद्यालयको गरिमा र प्रतिष्ठा भएकोले परिक्षाप्रणालीलाई अनुशासित,मर्यादित एवंम गुणस्तरीय बनाइने बताउनुभयो । परिक्षा सञ्चालन चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा प्रश्नपत्रको निर्माण देखि परिक्षा लिने अवस्थासम्मका सम्पूर्ण सम्भावित समस्याहरुका वारेमा सम्वन्धित क्याम्पस,केन्द्राध्यक्ष र परिक्षासञ्चालनको जिम्मेवारी प्राप्त कर्मचारीहरु संवेदनशिल बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

यसैगरी त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार एवं कार्यक्रमका अध्यक्ष डिल्लीराम उप्रेतीले परिक्षा प्रणालीमा देखिएका समग्र अप्ठ्याराहरुलाई केलाएर समाधान निकाल्न गोष्ठीलाई उत्पे्ररित गर्नुभयो उहाँले परिक्षाका नियम पद्धतिलाई कडाईका साथ लागु गरि परिक्षा सञ्चालनलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।

त्रिवि परिक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यक्रम आयोजनाका उद्देश्यहरुको वारेमा जानकारी गराउनुहुँदै पनिका क्रमश परिक्षा प्रणालीलाई व्यवस्थित गर्दै आधुनिक प्रविधिलाई उपयोग गर्न गइरहेको बताउनुभयो । परिक्षा प्रणालीका समग्र विषयहरुमा उपस्थित ९ जिल्लाका ३२ वटा परिक्षाकेन्द्रका क्याम्पस प्रमुख एवं परिक्षाशाखाका प्रमुखहरु जानकारी गराउनुहुदै नियन्त्रक जोशीले परिक्षाका सुरक्षा संवेदनशिलताका वारेमा समेत सचेत गराउनुभएको थियो ।

त्रिवि परिक्षा नियन्त्रण कार्यालयका सह परिक्षा नियन्त्रक भूपाल कुमार श्रेष्ठले विस्तृत कार्यपत्र प्रस्तुत गर्दै त्रिवि परिक्षा प्रणालीको वर्तमान अवस्था, समाना गरिरहेका चुनौती पहिचान, भविष्यमा आउने समस्यालाई निवारण गर्ने सन्र्दभ लगायतका विषवस्तुहरुको बारेमा जानकारी गराउनुभएको थियो उहाँले परिक्षाका मूलमन्त्रको रुपमा गोपनियता, संवेदनशिलता र जिम्मेवार वोधप्रति सचेत रहन संलग्न सम्पूर्ण कर्मचारी एवं शिक्षकहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रम त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णुप्रसाद खनालले परिक्षालाई मर्यादित वनाई विश्वसनियता बढाउन सम्पूर्ण शिक्षक एवं क्याम्पसप्रमुखहरुको भूमिका महत्वपूर्ण आग्रह गर्नुभएको थियो । उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन कार्यालयका उप संयोजक डा रामचन्द्र पोखरेलले परिक्षाप्रणालीमा प्रविधिको उपयोग गर्न सुझाव दिनुभएको थियो ।

दोश्रो सत्रको कार्यक्रममा सहभागी परिक्षाकेन्द्र भएका ३२ वटा क्याम्पसका क्याम्पस प्रमुख र परिक्षा प्रमुख हरुलाई ४ वटा समुहमा विभाजन गरि छलफल गराइएको थियो । सहभागी क्याम्पसहरुमध्येवाटे धारणा व्यक्त गर्नुहुदै दुर्गालक्ष्मी क्याम्पसका अत्तरियाका क्याम्पस प्रमुख डम्बर वहादुर पाल, पञ्चदेवल क्याम्पस, अछामका क्याम्पस प्रमुख विनिता अधिकारी घोडाघोडी क्याम्पसका क्याम्पस प्रमुख दिनेशराज जोशी, डोटी क्याम्पसका क्याम्पस प्रमुख कृष्णराज कठायतले आ आफनो समुहको तर्फवाट परिक्षा सम्वन्धमा सुझा सहितको धारणा व्यक्त गर्नुभएको थियो । दोश्रो सत्रको सञ्चालन त्रिवि परिक्षा नियन्त्रण कार्यालयका सह.परिक्षा नियन्त्रक अर्जुन भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *