चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ८ जना पक्राउ

Sharing is caring!

चैत ९, २०७५ । नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर समालेका हेमन्तप्रकाश ओली पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीले काभ्रेको खानीखाेला गाँउपालिका– ३ क्षेत्रबाट ओलीसहित अन्य ८ जनालाई नियन्त्रणमा लिएकाे हो ।

प्रहरी उच्च स्रोतका अनुसार ओलीसहित एक गाडीचालक, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङसहितका कार्यकर्ता पक्राउ परेका हुन्।

स्रोतका अनुसार विशेष काभ्रेको काफलडाँडाबाट भागेर अर्कै स्थानमा पुगेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, महानगरीय प्रहरी अपराध महाशाखा, प्रहरीको विशेष ब्यूरोको टोली परिचालन भएको थियो। प्रहरी त्यहा नपुग्दै गाडी चढेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

गत मंगलबार काभ्रेकाे काफलडाँडामा प्रहरी र चन्द समूहबीच गोली हानाहान भएकाे थियाे। त्यसयता प्रहरी उनकाे खाेजीमा लागेकाे थियाे ।

प्रहरीले उनलाई राज्यविद्राेहकाे मुद्दा चलाउने तयारी गरेकाे स्राेतले जनाएकाे छ । गत महिना ललितपुरकाे नख्खुस्थित एनसेल गेटमा भएकाे विष्फाेटमाओलीलाई मुख्य याेजना मानिएकाे छ ।यो खबर कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *