एपिएफलाई मेयर कपको उपाधि

Sharing is caring!

चैत ३०, २०७४।  सिन्धुपाल्चोकको चौतारामा भएको प्रथम चौतारा-साँगाचोकगढी मेयर कप फुटबलको उपाधि एपिएफले जितेको छ । फाइनल खेलमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई–१ का विरुद्ध ३ गोलले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

जितसँगै एपिएफलाई नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । उपविजेता पाँचपोखरी थाङपाललाई नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा प्रदान गरियो । विजेतालाई प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा र उपविजेतालाई प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ट्रफी र चेक हस्तान्तरण गर्नुभएको हो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुनुभएका पाँचपोखरी थाङपालका आकाश श्रेष्ठलाई र प्रतियोगिता भर सर्वाधिक गोलकर्ता एन्फा यू १६ का कार्लोसलाई ४२ इञ्चको एलइडी टेलिभिजन प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *