एन आई सी एशिया बैंकको नयाँ शाखा धनुषामा उद्घाटन

Sharing is caring!

जेठ ५ , २०७६ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश नं २ का मुख्यमन्त्री माननीय श्री लालबाबु राउतज्यूबाट आज मिति २०७६ जेष्ठ ५ गते भव्य समारोहका बीच समुद्घाटन सु–सम्पन्न भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *