एटीएमबाट पैसा निकाल्दा-निकाल्दै पाँचजना चिनियाँ नागरिक पक्राउ

Sharing is caring!

भदौ १५, २०७६ । नबिल बैङ्कको एटीएमबाट पैसा निकाल्दा-निकाल्दै पाँचजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरु सबै चिनियाँ नागरिक हुन् । उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *