एटीएमबाट पैसा निकाल्दा-निकाल्दै पाँचजना चिनियाँ नागरिक पक्राउ
भदौ १५, २०७६ । नबिल बैङ्कको एटीएमबाट पैसा निकाल्दा-निकाल्दै पाँचजना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरु सबै चिनियाँ नागरिक हुन् । उनीहरू दरबारमार्गबाट पक्राउ परेका हुन् ।