इपिएलको उपाधि ललितपुर प्याट्रिएटसलाई

Sharing is caring!

पुस ७, २०७५ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि ललितपुर प्याट्रिएटसले जितेको छ।

शनिबार भएको फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सलाई १४ रनले हराउँदै ललितपुरले उपाधिसँगै २५ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको भैरहवाले १० लाखमा चित्त बुझाएको छ ।

टस हारेर ललितपुरले भैरहवासामू  १५६ रन लक्ष्य प्रस्तुत गरेको थियो । तर, भैरहवा १४१ रन बनाएर अलआउट भयो।

भैरहवाका लागि प्रदीप ऐरीले ३४ तथा रबी इन्दर सिंहले २९ रन जोडे । यस्तै कुशल मल्लले १६ रन जोडे । कप्तान शरद भेषावकर र रायन टेन डेसकाटे समान १४–१४ रनमा आउट भए । ललितपुरका ललित नारायण राजवंशीले ३ विकेट लिए  । यस्तै पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २-२ विकेट लिए ।

यसअघि ललितपुरका जयकिशन कोसवालाले अर्धशतकीय पारी खेले। उनले ३ चौका र ३ छक्काको मद्दतले ५२ बलमा ५७ रन जोडेका थिए।सन्दीप जोराले २४ रनको योगदान गरे भने गौरव तोमारले २३ रन जोडे। उनले १९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ललितपुरले १९.१ ओभर माबलमा अलआउट हुँदै १५५ रन जोडेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *