भारतद्वारा पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य

Sharing is caring!

भदौ २५, २०८० । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको जारी प्रतिश्पर्धामा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोड्यो । भारतका विराट कोहली र केएल राहुलले शतकीय पारी खेले ।

कोहली १ सय २२ र राहुल १ सय ११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरे । भारतले पाकिस्तानविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै धेरै रन बनाएको छ ।

योसंगै ९४ बलमा ३ छक्का र ९ चौका प्रहार गरेका कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औं शतक बनाएका छन् । उनले आफ्नो करिअरमा १३ हजार रन पनि पूरा गरेका छन् । यस्तै राहुलले १०६ बलमा २ छक्का र १२ चौका मद्दतमा १ सय ११ रन जोडे । वर्षाले रोकिएर रिजर्भ डेमा सोमबार २४.१ ओभरमा १४७÷२ को स्थितिबाट खेल अघि बढाएको भारतले पाकिस्तानविरुद्ध अहिलेसम्मकै सबैभन्दा धेरै स्कोर खडा गरेको हो ।

भारतले पहिलो विकेटका लागि १२१ रनको साझेदारी गरेको थियो । रोहित शर्माले ५६ र सुभमन गिलले ५८ रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *