आज विश्व पशु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Sharing is caring!

असोज १७, २०८० । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा विभिन्न जनावरलाई धार्मिक दृष्टिले देवीदेवताको वाहनको रुपमा पुज्ने चलन रहिआएको छ । हिन्दू धर्ममा गाईको पूजा अथवा दानलाई सबैभन्दा पूण्य दिने दानसँग तुलना पनि गरिन्छ । नेपालमा गाईलाई राष्ट्रिय जनावर घोषणा मात्र गरिएको छैन् लक्ष्मीको प्रतिक मानेर गाईपूजा गर्ने गरिन्छ । विशेष गरी तिहारमा पशुको महत्व बढी छ । तिहारमा काग, कुकुर, गाई र गोरुलाई भिन्नभिन्न देवताको प्रतीक मानेर पुज्ने प्रचलन छ ।

राष्ट्रिय जनावरको रुपमा रहेको गाईलगायतका गोरु र घरपालुवा जनावरप्रतिको मानवीय व्यवहार भने पछिल्लो समय क्रुर हुन थालेको छ । गाईले दूध दिने बेलासम्म पाल्ने र दूध दिन छोडेपछि वा बुढो भएपति गाई,गोरु लगायतका जनावरलाई सडकमा छोड्ने प्रवृत्तिले गाई संरक्षणमा चुनौती थपिएकोमा पशु संरक्षणकर्मीले चिन्ता प्रकट गरेका छन् ।
यस्तै तिहारमा पूजिने कुकुरलाई पनि विरामी वा बुढो भएपछि बाहिर लगेर छोड्ने प्रचलन बढेको पाइन्छ । यस्तो प्रवृतिले ति पशुको अधिकार हनन मात्र भएको छैन् मानिसमा समेत सुरक्षा चुनौति थपिएको छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *