सेयर बजार : ५ कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट

Sharing is caring!

फागुन २, २०८० । सेयर बजार परिसूचक बुधबार ५.९१ अंकले बढेको छ । परिसूचक २०७६.५० विन्दुमा कायम भएको छ । विकास बैंक, फाइनान्स र अन्य उपसमूहले बजार थामेका छन् ।

फाइनान्स उपसमूहको सूचक ६.५६, विकास बैंक २.३८ र अन्य उपसमूह १.०७ प्रतिशतले बढेको छ । होटल, वाणिज्य बैंक, हाइड्रोपावर, इन्स्योरेन्स र व्यापार उपसमूहका सूचक घटेका छन् ।

१११ कम्पनीको सेयर समूह घटेको छ भने बढेका १३२ का लगानीकर्ता फाइदामा रहे ।

आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स, बोटलर्स नेपाल बालाजु, पाँचथर पावर कम्पनी, समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा सर्किट लागेर बढेको हो ।

१ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर कारोबार भएको छ । बुधबारको कारोबार रकम ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ रुपैयाँ छ ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो । हिमालयनको १७ करोड १७ लाखको सेयर किनबेच भएको छ ।

यो कम्पनीको सेयरमूल्य प्रति कित्ता ६ सय ६८ रुपैयाँ १० पैसा रहको छ । यस्तै दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ११ करोड ६४ लाख, जोशी हाइड्रोपावरको १० करोड ९ लाख र नेपाल फाइनान्सको १० करोड ७ लाखको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *