७८ एसपीको सरुवा, २५ जिल्लाका इन्चार्ज फेरिए

Sharing is caring!

फागुन २, २०८० । नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षकहरुको काज सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णय अनुसार फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा गरिएको नेपाल प्रहरीको मानवश्रोत विकास विभागले जनाएको छ ।

जसमध्ये २५ जिल्लाका इन्चार्ज फेरिएका हुन् । तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कंडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरिएको छ ।

कंचनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधी ज्ञवाली, पाल्पा नरेन्द्र चन्द, कैलाली पदम बहादुर बिष्ट, बर्दिया प्रविण धिताल, गोरखा बासुदेव पाठक, काभ्रेपलान्चोकमा बसुन्धरा खड्का र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन् ।

यस्तै, धनकुटामा बिमल बस्नेत, डोटी बिष्णुहरी कोइराला, चितवन भावेष रिमाल, धनुषा मित्रबन्धु शर्मा, झापा मिलन केसी,रुपन्देही रञ्जित सिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरी श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *