कञ्चनपुरमा गोली चल्यो, चार जना घाइते

Sharing is caring!

भदौ ७, २०७५ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या र बलात्कारको प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै आन्दोलन चर्किएको छ। आन्दोलनले उग्ररुप लिए पछि प्रहरीले गोली चलाउँदा चार जना घाइते भएका छन् । घाइतेहरुको अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

विरोध गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । आज बिहानैदेखि कञ्चनपुरको महेन्द्रनगर बजार, सुडा, लालपुर, दैजी, चम्फापुर, सिसैया, भाँसीलगायतका बजारमा आन्दोलनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

घाइते हुनेहरुमा भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया, कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, र भासिका तेज भटट् छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *