कोशी प्रदेशमा बन्यो तीन सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सहभागी

Sharing is caring!

असोज २८, २०८० । कोशी प्रदेश मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ । मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गरेलगत्तै दुईजना मन्त्री सिफारिस गरेका थिए ।

उनको सिफारिसमा एमालेका रामबहादुर राना र कांग्रेका शमशेर राई मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरुले पनि शपथ ग्रहण गरेका छन् ।

कांग्रेसका ‘विद्रोही’ ८ र एमालेका ३९ जना सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । अन्य मन्त्रीहरु थप्ने विषयमा एमालेसँग छलफल गरी टुंगो लगाइने भएको छ ।

थपिने मन्त्रीहरुमा कार्कीलाई समर्थन गर्ने कांग्रेस सांसदहरु तथा एमालेका सांसदहरुमध्येबाट हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *