अदालतका भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा नपरेको प्रधानन्यायाधीशको गुनासो

Sharing is caring!

असोज २८, २०८० । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नगएको गुनासो गरेका छन् । आज उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन गर्दै उनले न्यायपालिकाको वर्तमान अवस्था हेर्दा भवनहरु पुराना र जीर्ण अवस्थाहरु रहेको भन्दै अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नपुगेको बताए ,

उनले भने,‘ न्यायपालिकाको अवस्थालाई हेर्दा अझै पनि थुप्रै भवनहरुमा पुराना जीर्ण र अपर्याप्त अवस्थाहरु रहेका छन् । अदालतका भौतिक पूर्वाधार निर्माण र सुधार सम्बन्धित निकायको अझ पनि पर्याप्त ध्यान संवेदनशीलता तथा प्राथमिकता नपुगेको अनुभूति न्यायपालिकाले गरेको छ ।’

उनले अहिले न्यायपालिकाले स्वभाविक लय लिई सुधारको मार्गमा उन्मुख भइरहेको बताए । छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको उनको भनाई छ ।

उनले भने, ‘अहिले न्यायपालिका स्वभाविक लय लिन थालेको छ र सुधारको मार्गमा उन्मुख भइरहेको छ । छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ । ’

उनले सार्वजनिक सेवा प्रवाहको निमित्त भौतिक पूर्वाधार सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *