प्रचण्ड सरकार असफल भयो : नेता आनन्द पोखरेल

Sharing is caring!

पुस २१, २०८० । एमाले नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् ।

काठमााडौंमा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् ।

उनले भने, ‘यो मुलुकमा एक वर्षभित्रमा राजनीतिक अस्थितरता र राजनीतिक अराजकता रह्यो । सामाजिक सद्भाव र सामुदायिक हितको प्रश्न कमजोर रह्यो । आर्थिक रुपमा असफल भयो । शान्ति सुरक्षाको स्थिति अत्यन्त दयनीय भयो । विकास निर्माण ठप्प भयो । संविधानमा पनि चुनौती रह्यो ।’ उनले आफ्नो दल एमालेले मुलुकमा विकास र समृद्धि चाहेको बताए । एमालेले छिमेकीसँग राम्रो सम्बन्ध होस् भन्ने चाहेको जिकिर उनले गरे ।

भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु राष्ट्रिय हितविपरीत रहेको टिप्पणी उनले गरे । सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने गरी वर्तमान सरकारले भारतसँग सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए । ठूलो छिमेकी राष्ट्र भारतले नेपाललाई ‘सानो भाइ’का रुपमा व्यवहार गरेको उनको टिप्पणी छ ।

भारतले नेपालमाथिको हस्तक्षेप कायमै राख्नका लागि नयाँ सम्झौतासहित कमजोर बनाउनेगरि सम्झौता गरेको उनको आरोप छ । भारतले आजसम्म कुनै पनि सहयोग निःसर्त नदिएको दाबी उनले गरे । भारतीय दूतावासमार्फत नेपाली जनतालाई धु्रवीकरण गर्न खोजिएको पनि उनको आरोप थियो । नेपालको सबैभन्दा कमजोर सम्झौता गरेर भारतले सार्वभौमसत्तामाथि चुनौती दिएको उनले बताए ।

साथै, उनले एमसीसीअन्तर्गतका परियोजना पनि अब नेपालमा नबन्ने दाबी गरे छ । एमसीसीमा अहिलेसम्म नेपालकै पैसा खर्च भएको बताउँदै उनले अब केही समयपछि अमेरिकाले आइपीएसको सदस्य बन्ने भएमात्रै पैसा दिन्छु भनेर सर्त राख्ने उनको दाबी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *