बरहथवा घटना छानबिन गर्न समिति गठन

Sharing is caring!

पुस २१, २०८० । सर्लाहीको बरहथवामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएपछि घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी समिति सदस्य छन् ।

सर्लाहीको बरहथवा–५ मा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार बरहथवा–६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो । घटनापछि उक्त क्षेत्रमा स्थानीय प्रशासनले कफ्यु आदेश जारी गरेको थियो । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारको तर्फबाट मृतकको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएको मन्त्रालयले जनाएको छ ।

home ministry press release

Leave a Reply

Your email address will not be published. Required fields are marked *