प्रधानमन्त्री कप क्रिकेटः आर्मीमाथि बागमतिको जित

Sharing is caring!

माघ ३, २०८० । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीमाथि बागममति प्रदेशले ३ विकेटको जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । ९८ रनको सामान्य लक्ष्य पछ्याएको बागमति प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाएर मात्रै लक्ष्य भेट्टायो ।

बागमतिका लागि अशोक पौडेलले २१ रन बनाउँदा प्रतिश जिसीले पनि नटआउट २१ रन बनाए । यसैगरी इशान पाण्डे र रविन जोशीले समान १२–१२ रन बनाउँदा विपिन आचार्यले १० रन जोडेका थिए ।

आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा सहाव आलम र जितेन्द्र मुखियाले दुई दुई विकेट लिएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रन बनाउँदा भीम सार्कीले १८ रन बनाए । यसैगरी विवेक यादवले नटआउट ११ रन जोडे । अन्य खेलाडीहरुले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बगमतिका सूर्य तामाङले ५ विकेट लिँदा प्रतिश जिसी र रिजन ढकालले दुई दुई विकेट हात पारे । कृजन गुरुङले १ विकेट लिए । यो बागमतिको दोस्रो जित हो भने आर्मीले पहिलो हार व्यहोरेको छ । जारी प्रतियोगितामा बागमतिले ४ खेल खेलेको छ ।

जितसँगै बागमति ४ खेलबाट ४ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेको छ भने आर्मी २ खेलबाट २ अंक बनाउँदै छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *