प्रधानमन्त्री दाहाल युगाण्डा जाँदै

Sharing is caring!

माघ ३, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् ।

असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागी हुनेछन् । प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको बताइएको छ ।
नेपाल असंलग्न अभियानको पक्ष राष्ट्र समेत हो ।

सम्मेलनको मुख्य दिन अगाडि विभिन्न सत्रमा छलफल सुरु भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *