प्रचण्डको दावी : चौरासीको चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्ने

Sharing is caring!

चैत १६, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहालले २०८४ को आम निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दावी गरेका छन् ।

माओवादी धारका पार्टीहरूबीच एकता प्रक्रिया अगाडि बढेको भन्दै मकवानपुरमा आज माओवादी केन्द्रका कार्यकर्तासँगको भेटमा दाहालले आगामी दिनमा माओवादीहरू एकताबद्ध हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले माओवादी निकट दलहरुको एकताले नै आफ्नो पार्टीलाई सबैभन्दा ठूलो दल बनाउने उनको भनाई छ ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउने तयारीका साथ सरकार अगाडि बढेको बताउँदै आर्थिक वर्ष २०८१-८२ को बजेट उत्पादन एवं रोजगारी विस्तारमा केन्द्रित हुने र सोहीअनुसार नयाँ योजनाहरू तयार गर्न सरकार लागिपरेको बताए ।

दाहालले भने, ‘पछिल्लो समीकरण सरकारको गति बढाउन र जनताका आकांक्षा पूरा गर्ने उद्देश्यका साथ निर्माण भएको हो, नयाँ समीकरण बनेको एक महिना नपुग्दै धेरै राम्रा काम अगाडि बढेका छन्, अब देशको आर्थिक क्षेत्र पनि चलायमान हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *