जनताको निराशा विस्तारै विद्रोहमा परिणत नहोस् : सांसद केसी

Sharing is caring!

असोज २५, २०८० । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले देशमा नीतिगत भ्रष्टाचारको आडमा मनपरीतन्त्र चलेको भन्दै त्यसलाई नियन्त्रण गर्न समयमा नै सचेत हुन आवश्यक रहेको बताएका हुन् ।

उनले भने,‘अहिले जुन नीतिगत भ्रष्टाचारका बढेको छ त्यसको अर्थ सबैलाई थाहा हुनु आवश्यक छ । नीतिगत भ्रष्टाचारको आडमा जुन किसिमको मनपरीतन्त्र छ , त्यसलाई नियन्त्रण गर्न हामीले समयमा नै सचेत हुन सकेनौँ भने त्यसले अत्यन्तै नकारात्मक स्थिति पैदा गर्दछ ।’ अहिले जनताको निराशा विस्तारै विद्रोहमा परिवर्तन हुँदै गएको उनको टिप्पणी छ ।

उनले भने,‘अहिले जुन असन्तोष र निराशा छ जनतामा त्यो विस्तारै विद्रोहमा परिवर्तन हुँदैछ , भुसको आगो जस्तो सल्केर जनतामा जुन निराशा छ । समयमा निराकरण गर्न सक्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *