चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपालमा

Sharing is caring!

माघ १२, २०८० । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ ।

बंगलादेश हँुदै उक्त प्रतिनिधि मण्डल नेपाल आइपुगेका हुन् । माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।

ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली नेपाल आएका हुन् । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *