त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ

Sharing is caring!

मंसिर २२, २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको फ्लाइटमा बिहीवार राति काठमाडौं आएका गोरखाका चन्द्र बहादुर घलेलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट प्रहरीले २ किलो ग्रामका दरले ७ वठा विस्कुट बरामद गरेको छ ।

चन्द्र डेढ हप्ता अघि मात्र दुबई गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुन तस्करी कै लागि चन्द्र एक वर्षमा ३ पटक दुबई ओहोरदोहोर गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा चन्द्रलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा उनले मिन बहादुर घलेका लागि सुन ल्याइदिएको बताएपछि मिन बहादुरलाई प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको छ ।

उनीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *