सरकार अधिनायवादतर्फ उन्मुख छ : डा. शेखर कोइराला

Sharing is caring!

जेठ १०, २०८१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा.शेखर कोइरालाले सरकार अधिनायवादतर्फउन्मुख रहेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने चेतावनी दिंदै कांग्रेसले यो विषयमा सदन र सडक दुवैतर्फ दबाब बढाउने बताए ।

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा प्रेस युनियन कोशी प्रदेशले विहीबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले गृहमन्त्री रवि लामिछानेका दुईवटा राहदानी र नागरिकताका विषयमा पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन् । उनले सहकारी ठगी प्रकरणमात्रै नभएर पासपोर्ट र नागरिकताका विषयमा पनि गृहमन्त्री लामिछानेमाथि छानबिनको माग गरेका हुन् ।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, युनियनका कोशी प्रदेश अध्यक्ष मिनकुमार नवोदितलगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *