विद्येयकमा डा. केसीका सबै माग समेटिएका छन्: स्वास्थ्य राज्यमन्त्री डा. यादव

Sharing is caring!

माघ ६, २०७५ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले अनशनरत डा. गोविन्द केसीका सबै माग पूरा भएको स्पष्ट पारेका छन् । उनले भने,‘डाक्टर केसीले उठाउनुभएको माग विद्येयकमा लगभग सबै समेटिएका छन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफू पनि संसदको स्वास्थ्य तथा शिक्षा समितिको सदस्य भएको नाताले र मन्त्रालयको तर्फबाट पनि आफू नै समितिको बैठकमा सहभागी भएको सुनाए ।

उनले भने,‘यसमा जसरी उहाँहरुले भन्नुभयो एउटै कुरा, मात्रै एउटा कुरा, त्यो के छ अब उपत्यकाबाहिर खोल्ने एउटा कुरा आयो । फेरि दोस्रो कुरा के आयो भने ५ भन्दा बढि नदिने, र तेस्रो कुरा के आयो भने जो सँग आफ्नो मेडिकल कलेज छैन, त्यसलाई दिन नपाउने । भनाईको मतलव के हो भने जम्मा दुई वटा भयो । एउटा केएमसी र अर्को टियु । जो संग यसअगावै पाँचभन्दा बढि कलेज छन् । यसको मतलव यो भयो कि बाहिर नखोल्नुहोस् ।’

उनले भने,‘जबसम्म मेडिकल युनिभर्सीटी हुँदैन् । काठमाडौंमा नखोल्नेबारे सबै सहमति भए । यो ठिक छ । तर, काठमाडौं बाहिरको हकमा, लेटर अफ ईन्टेन्ट दिएको र जसको तीन वर्ष पढाएको पूरा भएको छ । यो बाहेक अरु के भएन त ? सरकारले समयपनि माग्न नपाउने ? तपाई हामीलाई केही दिन समय दिनुहोस, बरु पाँच , ६ वटा छन्, त्यसलाईपनि झार्छौं हामी । मेडिकल युनिभर्सीटी बनाउनको लागि समय चाहिन्छ । जसरी बिपीकेएच धरान छ, जसलाई बनाउन मिल्छ ।’

मन्त्री यादवले सरकारको विरोध गर्नेहरुलेमात्रै गोविन्द केसीको माग पूरा नभएको भनेर यसलई मुद्दा बनाएको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *