डा. केसीले १६औं अनसन तोडे

Sharing is caring!

माघ १८, २०७५ । प्रा. डा. गोविन्द केसीले १६ औँ अनसन शुक्रबार २४ औँ दिनमा तोडेका छन् । उनले नागरिक समाजका अगुवाको रोहबरमा १६औँ अनसन तोड्दै भने बाँकी कार्यभार फरक लडाइँबाट लड्ने बताए ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा विरामीलाई असहज भएकोले अनसन तोडेको उनले बताएका छन् ।

डा. केसीलाई पूर्वप्रधानन्यायाधीश शुशीला कार्की र टिचिङ अस्पतालकी कर्मचारी अमृता पुजारीको हातबाट जुस  खुवाएर अनसन तोडाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *