भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण पक्षपातपूर्ण : नेता पाण्डे

Sharing is caring!

कात्तिक २७, २०८० । नेकपा एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले भूकम्प प्रभावित क्षेत्रमा पक्षपातपूर्ण राहत वितरण भएको बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एसको दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित देउसी भैलो तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

एकद्वार नीतिबाट राहत वितरण गर्ने भन्ने कोसिस गर्दा केही ठाउँमा पक्षपातपूर्ण राहत वितरण भएको कुरा आएको भन्दै पाण्डेले त्यस्ता अव्यवस्था र गलत प्रवृतिविरुद्ध कडासँग उभिने बताए ।

उनले भने, ‘केही ठाउँमा पक्षपातपूर्ण राहत वितरण भएको, खासै वितरण गर्न नपर्ने ठाउँमा पनि राहत गएको र गर्नुपर्ने ठाउँमा नगएको, केही नेताहरुले बढी नोक्सान भएको ठाउँमा जान लागेको राहत आफ्नो जिल्लातिर लागेको आदि कुरा सुनिएको छ । हाम्रो पार्टी सरकारमा छ । त्यसकारण यस्ता खालका अव्यवस्था र गलत प्रवृतिविरुद्ध कडासँग उभिन्छौं ।’

उनले पार्टीले प्रधानमन्त्रीलाई भेटेर पक्षपातपूर्ण क्रियाकलाप नगर्न र तुरुन्त सच्याउन सुझाव दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *